Rashtriya Dainik

लक्ष्मीपुर पतारीमा प्रहरीलाई कुटदै आन्दोलनकारी महिला

महेश सिंह /सिरहा लहान ३ असार

प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएका छन्।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुबित विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरी संग दोहोरो झडप भएका छन्।आन्दोलनकारी महिलाहरुले लघुबित संस्थामा तालाबन्दी गर्न जाँदा प्रहरीले आन्दोलनकारी भन्दा करिब आधा घन्टा अगाडी गएर गेट अगाडी ताती लागेर उभिएका थिए।

आन्दोलनकारी महिलाहरुले नारा जुलुस गर्दै ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका थिए।लघुबितमा तालाबन्दी गर्न जादा प्रहरीले हस्तक्षेप गर्न जादा आन्दोलनकारी प्रहरी माथि चिरिएका थिए।प्रहरी र आन्दोलनकारी बिच दोहोरो झडप भएका छन्। गुन्डा प्रहरीको कुटाईबाट एक जना स्थानीय महिला अशा देवी राय घाइते भएका छन्।घाइते महिलालाई प्रहरीले कुटपिट गर्दा टाउकोमा चोट लागेको थिए।

लघुबित नजिकै रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार कटुवाले लघुबितहरु संग मोटो रकम लिएको आन्दोलनकारी महिला ललिता कमतले आरोप लगाएका छन्।आर्थिक सेटिङ्गमा प्रहरीले लघुबितको भगत भएको पीडित महिलाहरुको आरोप रहेका छन्। संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व आन्दोलन सुरु भएका थिए।

आन्दोलनमा सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, मो.मुना,ललिता कामत,अञ्जु चौधरी ससिला चौधरी बिनोद चौधरी,नेतेश चौधरी,सुमन चौधरी लागत सिरहा सप्तरी लगायतका लघुबित पीडित महिलाहरुको करिब ५ पाँच सय महिलाहरुको सहभागिता रहेको थियोे।दोहोरो झडपमा एक जना पहिला र दुई तिन जना प्रहरीलाई समान्य चोट पटक लागेका छन्।महिला माथी गरेको दुरब्यवहार कुटपिट प्रहरीको पुर्णरूपमा ज्यादती रहेको बताए।

आन्दोलनकारी महिलाहरुलाई आन्दोलन बिथोल्न र तितरबितर गर्न प्रहरी नेतृत्व गर्ने ५ जनालाई बोलाए आर्थिक बार्गेनिङ्ग गरेका आन्दोलनकारीले पत्रकार महेश सिंहलाई सुनाए। प्रहरीले महिलामाथी गरेको कुटपिट र दुरब्यवहारले महिला चिरिएका थिए। प्रहरीको गैरजिम्मेवारी कार्यले एक जना महिला घाइते भएको थियोे।गाईते महिलालाई स्थानीय किल्निकमा उपचार गराएका थिए।

संघर्ष समितिले देशै भरी २९,३०,३१ गते नेपाल बन्दको अहवान गरेका छन्। घाइते पछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय केहि समय घेराउ गरेका थिए।प्रहरी हस्तक्षेप बन्द गर,प्रहरी प्रशासन मुर्दा बाद,महिला कुटन पाईदैन लगायत प्रदर्शन गरेका थिए।आइतबार हजारौंको संख्यामा उपस्थित भइ शक्ति प्रदर्शन गर्ने न्याय मागन उपस्थित उनले बताए।महिलालाई कुटपिट गर्ने प्रहरीमाथी कार्बाहीको माग गरेका छन्। महिला कुटने प्रहरीलाई कर्बाही भएन भने ईलाका प्रहरी कार्यालयमा आग्जानी गर्ने चेतावनी दिएका छन्।लक्ष्मीपुर पतारीमा संचालनमा रहेको जिबन बिकास , साधना लघुबित ,सबैको लघुबित र गलोबल लघुबित तोडफोड र तालाबन्दी गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित