Rashtriya Dainik

धोबिनी गाउँपालिकाको चर्म लापर्वाहीका कारण लाखौं बराबरको माछा क्षति

राजन कुमार बानिया / पर्सा, २ असाढ

पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा रहेको करिब सात बिगहा पोखरीमा रहेको माछा मरेर तराएको कारण लाखौको क्षति भएको छ।

धोबिनी गाउँपालिकाको चर्म लापर्वाहीका कारण पोखरीमा माछा मरेर क्षति भएको नगमा माछा पालनको संचालक एनुल मियाँले जनाएका छन।

धोबिनी गाउँपालिकाले अाठ महिना देखि रोका राखि जेष्ट ३० गते पोखरी बाट माछा मार्ने र किस्ताको रकम दिने सर्तमा लिखित फुकुवा पत्र दिएपछी ठेकदार एनुल मियाँले असाढ एक गते धोबिनीमा रहेको माछा पोखरीमा जाल लगाएर माछा मार्ने गरिरहो बेला एकासी गाउँपालिकाको निमित प्रसाशकिय अधिकृत संजय यादव र वडा अध्यक्ष मनाउर मियाँको निर्देशनमा मातहतका कर्मचारी गाउँपालिका प्रहरी र वडाको कर्मचारीहरुले माछा पोखरीमा गई माछा नमार्न रोकन लागाएर महाजालमा अाएको माछाहरुलाई पोखरीमा अाफै फालन लगाए पछी उनको भोलि पल्ट शनिबार बिहान जादा साना ठुला गरि लाखौ मूल्यको माछाको ( मृत ) मरेर पानीमा तराएको अवस्थामा फेला परेको नगमा माछा पालनका संचालक मियाँले बताए ।

पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले ईलाका प्रहरी कार्यालय लंगडी लाई जानकारी दिएपछी सो ठाउँमा प्रहरी,र स्थानिय जनप्रतिनिधिहरु जादा ठूलो सानो माछा गरि करिब २५ लाख मूल्य बरारको माछा मृत् अवस्थामा पोखरी भरी मरर तराएर क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएका छन।

ठेकदार एनुल मियाँले सात बिगहामा रहेको माछा पोखरी ९९ लाख ३६ हजारमा पाँच वर्षको लागि ठेका लिएर माछा पालन गरेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित