Rashtriya Dainik

मादक पदार्थ सेवन गरेका एक भारतिय नागरिकलाई उद्दार

अारपि उपाध्याय / नवलपरासी , २ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ अन्तर्गत गण्डक ब्यारेज पुलबाट मादक पदार्थ सेवन गरेका एक भारतिय नागरिकलाई ब्यारेज पुल स्थित सुरक्षा निकायले शनिबार साझ जिवितै उद्दार गरेको छ ।
गण्डक ब्यारेज पुलको २५ न. ढोकाबाट भारत पश्चिमी चम्पारण भेडिहारी रौवाटोला बस्ने वर्ष २१ का भारतीय नागरिक राजन कुमारले मादक पदार्थ सेवन गरि एक्कासि पुलबाट पानीमा हाम फालेका थिए।

पानीमा हाम फालेको दृश्य देखेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. का जनशक्ति र इ.प्र.का. त्रिवेणीको संयुक्त जनशक्तिले सकुशल उद्दार गरेको सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. प्रमुख सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेले जानकारी दिनुभएको छ।

नदीमा हाम फालेका राजनलाइ नदीबाट निकाल्ने क्रममा सशस्त्र प्रहरी बलको ९ जना र नेपाल प्रहरीका ३ गरि कुल १२ जनशक्ति उद्दारमा खटेको बताइएको छ। नदीमा डुबेका भारतीय नागरिकलाई उद्दार गरि आफन्तको जिम्मा लगाइएको बताइएको छ।

घटनास्थल ए.पि.एफ. नेपाल त्रिवेणी बि.ओ.पि. बाट ८ सय मिटरको दुरीमा रहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित