संजय कुशवाहा / नवलपरासी २ असार
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासीसँग राय सुझाव संकलन तथा छलफल कार्यक्रम गरेको छ ।
आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेटबारे सरोकारवालाहरूसँग नीति कार्यक्रम तथा छलफल बजेट सम्बन्धि राय सुझाव लिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभएको हो ।
आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि प्रतापपुर गाउँपालिका भित्र रहेका दलिय प्रतिनिधी,अगुवा किसान,बुद्धिजीवी र शिक्षक ,अगुवा किसान लगायतका प्रतिनिधिहरुसँग गाउँपालिकाले सुझाव लिएको हो ।

राय सुझाव संकलन तथा छलफल कार्यक्रममा गण्डक नदि नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने र गण्डक कमान्ड क्षेत्र भित्र हुने डुबान जस्ता समस्याको दीर्घकालीन उपायहरु निति तथा कार्यक्रममा ल्याउनु पर्ने राय सुझाव दिएका छन् ।
त्यसैगरी प्रतापपुर वडा न.२ का पुर्व वडाध्यक्ष इश्वरी चौधरीले निति तथा कार्यक्रममा जनताको चासो सहितको बजेट तथा निति कार्यक्रम समावेश गर्नु पर्ने,उत्पादन मुलक कार्यक्रमहरु समावेश हुनुपर्ने र आम नागरिकको राय सुझाव लिएर अघि बढ्न सुझाव दिएका थिए ।
युवा समाजसेवी युवराज मौर्यले मल खाद्यको अभावले केरा,उखु किसानमा निराशा छाउन लागेको हुदा मलखाद व्यवस्थापन र खेलकुदको बिकास तर्फ निति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव व्यक्त गरेका छन् ।
सो राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा शिक्षक घनश्याम यादव,रिन्कु कोइरी,माहादेव यादव,त्रिभुवन माध्यमिक बिधालयका प्रध्यानाध्यापक नारद ठाकुर,प्रतापपुर ८ का पुर्व वडा अध्यक्ष कादिर अलि र बिरेन्द्र कोइरी लगायतले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता राखेर निति तथा कार्यक्रम ल्याउनु पर्ने राय सुझाव दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले समुदायको अपेक्षा अनुसारका नीति तथा कार्यक्रम ल्याउनका लागि नै राय सुझाव संकलन एवं छलफल कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, खानेपानी, सडक पूर्वाधार, समावेशीकरण, भ्रष्टचार निर्मुलीकरण, सञ्चार, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा दीर्घकालिन प्रभाव पर्ने खालका योजनाहरु ल्याउन सुझाव दिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

