Rashtriya Dainik

नेपाल नेत्र ज्योति संघले खरिद गरेको जग्गामा एक करोड भ्रष्टाचार गरेको अाराेप

रौतहट / २ असार

नेपाल नेत्र ज्योति संघले खरिद गरेको जग्गामा ठूलो रकमको चलखेल भएको खुलेको छ । ६ महिना पहिला ९ लाख ३२ हजारमा खरिद भएको दुई धुर जग्गा नेपाल नेत्र ज्योति संघ काठमाण्डुले १ करोड ९ लाखमा खरिद गरेको खुलेपछि जग्गा खरिदमा नेत्र ज्योति संघको पदाधिकारीहरुले गरेको चलखेलबारे खुलासा भएको छ ।

२०७९ असोज १२ गते रौतहट जिल्लाको तत्कालीन गाविस चन्द्रनिगाहपुर वडा नम्बर १ किता नम्बर ७२४३ कित्ता नम्बरको दुई धुर जग्गा कल्पना अधिकारीसंग ९ लाख ३२ हजार रहेको जग्गाको मूल्य १ लाख ३२ हजार र घरको ८ लाख गरी रौतहटको चन्द्रपुर नगरपालिका– ९ डुमरिया मटीऔनका धन मायाले खरिद गरेको मालपोतको लिखतबाट देखिएको छ । २०७९ चैत २६ गते गतेमा सोही जग्गा नेत्र ज्योति संघले जग्गाको मूल्यांकन पचास (५०) लाख र घरको लाख मूल्यांकन गरी १ करोड ९ लाखमा खरिद गरेको पारित राजीनामाबाट पुष्टि भइरहेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रौशन श्रेष्ठले जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघद्वारा चन्द्रनिगाहपुरमा संचालित आँखा अस्पतालका डा. रियाजले संघका रौतहट अध्यक्षसंग मिलेमतो गरी ४० लाख भन्दा कम मूल्यमा बिक्री हुने जग्गाको १ करोड ९ लाख रुपैयाँ थैली राखेर बिक्री वितरण गरेको बुझिएको छ । दुई धुरको सो जग्गामा ८ धुर सार्वजनिक जग्गा मिचेर १० धुरमा भवन निर्माण कम्पाउण्ड वाल सहितको निर्माण गरिएको छ ।

डा.रियाजले दुई धुर जग्गा खरिद गरिए पनि कब्जामा १० धुर जग्गा रहेको स्वीकारसमेत गरेका छन् ।

गौर चन्द्रनिगाहपुर सडक खण्डसंग टाँसिएको नभएको जग्गाको १ करोड ८ लाखमा बिक्री भएको कुरा अपत्यारिलो भएको स्थानीयहरुले बताएका छन् ।

समाचार स्रोतका अनुसार चन्द्रपुर आँखा अस्पतालमा कार्यरत महिला स्टाफ यशोदा परियारको सासु नाता पर्ने धन मायाको नाउमा ९ लाख ३२ हजार मूल्य राखेर खरिद गरेको जग्गा डा. रियाजले अनुचित रुपमा आर्थिक लाभ लिने उद्देश्यले त्यही जग्गा आफ्नै संस्थाको नाउमा १ करोड ९ लाख मूल्य देखाएर बिक्री गराएको स्रोतको दाबी छ ।

पारित भएको लेखतको ऋणीको नाउँमा सम्पर्क नम्बरको महलमा डा. रियाजको मोबाइल नम्बर ९८५५०११७८६ उल्लेख गरिएको र ऋणी आँखा अस्पतालमा कार्यरत कर्मचारीको नातेदार भएकोले शंकास्पद रहेको छ ।

नेपाल नेत्र ज्योति संघको प्रतिनिधि नागेश्वर प्रसाद चौधरी हस्ताक्षर गरे पनि छाप गौर आँखा अस्पतालको लगाइएकोले आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिन्छ ।

जग्गा पारित गराउँदा लागेको दस्तुर ४ लाख ९० हजार छ सय रुपैयाँ नेत्र ज्योति संघले तिरेको छ भने लाभ कर ७ लाख ४७ हजार ६ सय रुपैयाँ पनि संघले नै दिएको बुझिएकोले यो प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित