Rashtriya Dainik

म्यान अफ द म्याच घोषित: गुरुङ

आरपी उपध्याय / नवलपरासी १ असार

विनयी त्रिवेणी गाउँपालिका वडा न.६ नवलपुर अन्तर्गत रहेको आशा स्मृति युवा क्लबको आयोजनामा सञ्चालन भैरहेको तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नकआउट फुटबल प्रतियोगिता शुक्रबार पनि जारी रहेकोे छ।
आशा स्मृति युवा क्लब साहुमाराको खेलमैदानमा सञ्चालन भएको फुटबल प्रतियोगितामा आयोजक आशा स्मृति युवा क्लब साहुमारा र वनदेवी विकास प्रतिष्ठान सुस्ता १ पश्चिम नवलपरासी बिच भएको प्रतिस्पर्धामा आशा स्मृति युवा क्लबले वनदेवी युवा क्लबलाई १ को विरुद्ध ४ गोलले पराजित गरेको आयोजक क्लबका सचिव रबि पौडेलले जानकारी दिनुभएको छ।
सम्पन्न खेलमा उत्कृष्ट प्रदर्सन गरेका आशा स्मृति युवा क्लबका जर्सी नम्बर १५ का खेलाडी विज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए।
म्यान अफ द म्याचको अवार्ड प्रदान गर्दै स्थानीय समाजसेवी राजकुमार जैसीले ग्रामीण भेगमा खेलाइने खेलबाट असल खेलाडी उत्पादन गर्न सकिने बताउनु भएको थियो। सो खेलमा १२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
फुटबल प्रतियोगितामा शनिबार हुने खेल क्वाटर फाइनलको रुपमा सञ्चालन हुने पनि आयोजक क्लबका पिकल थापा मगरले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित