उत्तमकुमार थापा
जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा पुर्णखाेप सुनिश्चितता निरन्तरता तथा दिगाेपनाकाे लागि पालीका स्तरीय घाेषणा कार्यक्रम गरिएको छ ।
खप्तड छान्ना गाउँपालीका स्वास्थ्य शाखाकाे आयाेजनामा गाउँपालीकाकाे सभाहलमा कार्यक्रम गरिएको हाे । एक कार्यक्रमका विच पुर्ण खाेप सुनिश्चित भविष्य स्थानीय स्वामित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता ,हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ स्वास्थ्य शाखाले कार्यक्रम गरेकाे हाे ।
सभाहलमा सञ्चालन भएको कार्यक्रमा खप्तड छान्ना गाउँपालीका अध्यक्ष उत्तमकुमार राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालीका उपाध्यक्ष बिष्णु कुमार थापा वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्ष स्वास्थ्य चाैकी ईन्चार्जहरु लगाएत सरकारी तथा गैरसरकारी सँघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक बालस्वास्थ्य कार्यक्रम फोकल पर्सन दिपक ऐडि, ल्याव टेक्निसियन माहामारी तथा रोग नियन्त्रण फोकल पर्सन नारायण जोशी पुर्ण खाेप सुनिश्चितता कार्यक्रममा उपस्थिति रहनु भएको थियाे । स्वास्थ्य शाखाले गरेको कार्यक्रममा गाउँपालीका भरिका विभिन्न बस्तीमा रहेका बालबालिकाकाे स्वास्थ्य अवस्था सहित कसरी पुर्ण खाेप सँग बालबालिकालाई पुगाउन सकिन्छ भन्ने शन्दर्भमा अगाडि बढ्ने र गाउँपालीकाले यस कार्यक्रम लाई निरन्तरता दिदै आएको पाईन्छ । यसलाई स्वास्थ्य शाखाको प्रगतिको रुपमा मात्र नभएर पुर्ण खाेप बाट कुनै पनि बालबालिका नछुटुन भन्ने शन्दर्भलाई जाेड लिन्छ । कार्यक्रमकाे सञ्चालन सि.अहेव अधिकृत कुशराज भट्टले गर्नु भएको थियाे । प्रगति विवरण खप्तड छान्ना स्वास्थ्य कार्यालय शाखा प्रमुख लवराज भट्टले प्रस्तुत गर्नु भएको थियाे । राम्रो काम गरेको भन्दै गाउँपालीका अध्यक्ष उपाध्यक्षले स्वास्थ्यकर्मीहरुलाई खादा सहित प्रमाणपत्रले सम्मान गर्नु भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

