महेश सिंह /सिरहा लहान ,१ असार –
गर्मी बढे संगै सिरहाको लहान स्थित रहेको नेपाल रेडक्रस लहान शाखामा रगतको अभाव भएको छ।अत्याधिक गर्मीको कारण मानिसमा लु लाग्ने गरेका छन्।
गर्मी बढे संगै सिरहाको लहान ३ स्थित रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्याधिक बढेका छन्।गर्मीको कारण विभिन्न रोगका सिकार बन्दै गएका मानिसहरुको रगतको अभाव भएको खबर पाए लगत्तै सिरहाको लहानमा रहेको लायन्स क्लब अफ लहान फुलबारी र मारवाडी युवा मञ्च लहानले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।

बिरामीहरुमा रक्तको अभाव नहोस् भन्ने उदेश्यले बृहत कार्यक्रमको आयोजना गरेको हो। रक्तदान नै महादान हो भन्दै करिब ५० जना युवाहरुले रक्तदान गरेका संस्थाका अध्यक्ष राकेश झाले बताए।बिरामीले सह रूपमा रगत पाउन भने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको स्थानीय संस्थाका प्रतिनिधि शंकर प्रसाद गुप्ताले जनाए।
कार्यक्रममा राजा बाबु साह,बिदुर यादव लगायत करिब ५० जना ब्यक्तले रक्तदान गरेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

