Rashtriya Dainik

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवद्वारा आगलागी पीडितलाई राहत सामग्री सहयोग

राजन कुमार बानिया / पर्सा, ३२ जेठ
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका हुन्।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आगलागीबाट पीडित पान्डेपुर निवासी मन्जु महतो नुनिया तथा बिसुनपुरवा निवासी हिम्मतलाललाई राहत स्वरुप ब्यक्तिगत रुपमा नगद रु.५ हजार रेडक्रसको साझा सहयोगमा चामल,दाल,त्रिपाल,बाल्टि तथा भाडा बर्तन समेत पीडितलाई भेटी सहयोग गरेका हुन्।

उक्त राहत सामग्री सहयोग कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका वडा अध्यक्ष द्वय लक्ष्मी साह तेलि ,नेपाली कुशवाहा ,बिहारी प्रसाद नुनिया,नेता सुरेन्द्र सिंह क्षेत्री लगायत स्थानीय अगुवा तथा भद्र भलादमीको बिशेष उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित