Rashtriya Dainik

प्रतापपुरमा दुई दिने गुडिया बनाउने तालिम सम्पन्न

संजय कुशवाहा / नवलपरासी ३१ जेठ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न .७ कालिका सामुदायिक सिकाइ केन्द्रको कार्यालय भवनमा गुडिया बनाउने २ दिने तालिम बुधबार संपन्न भएको छ ।

कालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा प्रतापपुर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा उक्त तालिम सुरू भएको थियो ।

सो वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादवको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले ग्रामिण क्षेत्र विकासका लागि महिलाहरूलाई विभिन्न किसिमका सिपमुलक तालिम आवस्यक रहेको बताउनु भयो साथै महिला सशक्तीकरण हुनलाई आर्थिकरूपले आत्मनिर्भर हुन जरुरी छ तर एकै पटकमा सबै कुरा परिवर्तन गर्न सकिन्न । परम्परागत आम मान्यता र धारणालाई पनि परिवर्तन गर्न लामो प्रक्रियाबाट गुज्रनुपर्छ । उनले तत्काललाई प्रत्येक महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउन उनीहरूको हातमा सीप, मनमा जिज्ञासा र दिमागमा बौद्धिक क्षमताले भर्नु आवश्यक रहेको बताए ।
मेहनत हुने चिजमा नै आम्दानी हुने हुनाले मेहनत गर्ने बानी बसाल्न वडाध्यक्ष यादवले सहभागीहरुलाई अनुरोध गरे ।

तालिममा सहभागीहरुले आफुहरुले तालिममा सिकेको सिपलाई व्यवसायीक रुपमा अगाडी बढाउने प्रतिबद्वता जनाए । ´हामीले दुई दिनको तालिमबाट धेरै कुरा सिक्ने मौका पाए , अब यो सिकेको तालिमलाई खेर जान दिन्नौ’ सहभागीहरुले भने ।

दुई दिने तालिममा ३४ जना महिलाहरुको सहभागीता रहेको थियो ।
सो कालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार गुप्ता ,सो वडाका वडा सदस्य रोमा गुरव , तालिमको प्रशिक्षक बसन्ती चौधरी ,सम्भु प्रसाद गुप्ता , जय प्रकाश कुशवाहा लगायतहरूको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित