वीरगञ्ज ३१ जेष्ठ
प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला ” सबैलाई प्रेम गर घृणा कसैलाई ” नगर मुल नाराका साथ पर्सा जिल्लाको मुख्य सडकमा वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं र १९ विन्दवासिनीसंग जोडिएको तिलावे पुलमा आज चिसो पानी तथा सर्बत वितरण गरिएको छ।
तिलावे पुलमा बटुवा ,यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क पानी सर्बत वितरण गरिएको छ ।
गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर आज तिलावे पुलमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब २१०० सय जनालाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको अहमदिया संघ नेपाल बारा, पर्सा इन्चार्ज हासिन अहमदले बताए ।
सो कार्यक्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमद लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

