आरपी उपध्याय / नवलपरासी
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ नवलपुर अन्तर्गत रहेको आशा स्मृति युवा क्लबको आयोजनामा सञ्चालन भैरहेको तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नकआउट फुटबल प्रतियोगिता मङ्गलबार पनि जारी रहेकोे छ।
आशा स्मृति युवा क्लब साहुमाराको खेलमैदानमा सञ्चालन भएको फुटबल प्रतियोगितामा सिद्ध ज्योति सामुदायिक विकास प्रतिष्ठान सिद्धनगर र जन जागृती युवा क्लब केउलानी ( त्रिवेणी ) बिच भएको प्रतिस्पर्धामा सिद्ध ज्योति युवा क्लबले जन जागृती युवा क्लब केउलानीलाई शुन्यको विरुद्ध ७ गोलले पराजित गरेको आयोजक क्लबका सचिव रबि पौडेलले जानकारी दिनुभएको छ।
सम्पन्न खेलमा उत्कृष्ट प्रदर्सन गरेका सिद्ध ज्योति युवा क्लबका जर्सी नम्बर ११ का खेलाडी मनिष थापा म्यान अफ द म्याच घोषित भएको आयोजकले बताएको छ।
म्यान अफ द म्याचद्वारा घोषित भएका थापालाई ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी सहायक निरीक्षक राम बलि महतोले म्यान अफ द म्याचको अवार्ड प्रदान गर्दै विजयी टिमलाई बधाई दिनुभएको आयोजक क्लबका पिकल थापाले जानकारी दिनुभएको छ।
प्रचण्ड गर्मीको समयमा पनि फुटबल प्रतियोगितामा उत्साहजनक रुपमा दर्शकहरुको उपस्थिति रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

