महेश सिंह / सिरहा लहान, ३० जेठ –
अगाडि रणनीतिको लागी लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहाको लहानमा सिरहा सप्तरीको बृहत प्रशिक्षण भेला सम्पन्न भएको छ।सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
अगामी रणनीतिको लागी बृहत कार्यक्रम गरेका हुन्। कार्यक्रममा सिरहा सप्तरीको उल्लेखनीय लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए।
आन्दोलन आअलाई अझै उत्कर्शमा ल्याउने बृहत छलफल गरेका हुन्।
कार्यक्रममा बिगत लामो समय देखि गर्दै आएका आन्दोलन स्वरुप परिवर्तन गर्न आन्दोलनलाई सडक आगो समेत बालन सक्ने गरेका हुन्।
देशमा बढदै गरेको गरेको अन्याय अत्याचार विरुद्धको आन्दोलनमा नेपाली नागरिकको हैसियतले अवाज उठाउनु पर्ने मानवको दायित्व रहेको छन। लघुबितको ज्यादतीको विरुद्धमा अवाज उठाउदै आएका सिरहाका लघुबित पीडित महिलाहरुले सडक सम्म आई पुगेका हुन्।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बुद्धाथोकीका अनुसार हामी तेतिकै आन्दोलनमा आएका छैनन। करोडौं महिलाहरु लघुबितबाट पीडित हुने भएका छन्।माग पुरा नभएको देशमा ठुलो बिद्रोह र सडकमा आगो बालन पछाडि नहटने बिष्णु माया बुद्धाथोकीले बताए।
कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सल्लाहकार मोहम्मद हुलजार मियाँ,मधेस प्रदेश संयोजक युवराज रसाइली, मोहोतरी अध्यक्ष सिलम यादव,सप्तरी उपाध्यक्ष उमेश भगत बिनोद चौधरी,सुलोचना चौधरी अन्जु चौधरी,ललिता कामैत रुपा चौधरी शान्ति चौधरी नितेश चौधरी सरिता चौधरी लगायतका संघर्ष समितिका पदाअधिकारी लगायत करिब ५ सय भन्दा बढी महिलाहरुको उल्लेखनीय सहभागीता रहेको आयोजकले जनाए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

