Rashtriya Dainik

गाजाँ खेति खुलाउनु पर्छ भन्दै,पत्रकार सम्मेलन सम्पन्न

उत्तमकुमार थापा
गाजाँ खेतिकाे उपयोगीता सम्वन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
बझाङ जिल्लामा गाजाँ खेतिकाे उपायाेगीता बारे पत्रकार सम्मेलन सम्पन्न भएको हाे । एकीकृत जनक्रान्ति जिन्दावाद वैज्ञानिक समाजवाद जिन्दावाद भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वकाे युवा सँगठन नेपाल बझाङले पत्रकार सम्मेलन गरेको थियाे ।

आज बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी विप्लव आवद्ध युवा सँगठन नेपालले सदरमुकाम चैनपुरमा रहेको हाेटेल माउन्ट भ्यूमा एक कार्यक्रम गर्दै गाजाँ खेति सञ्चालनमा ल्याउनु पर्ने बताउनु भयाे । यता नेपाल सरकारले अवैधानिक रुपमा लिएको गाजाँ लाई खुलाउनु पर्छ भन्दै विप्लवले प्रतिकारमा उत्रने दावी गरेकोे हाे ।

पत्रकार सम्मेलनमा प्रहरी अर्थात सरकारकाे निकाय बाट गाजाँ फडानी गरेको थाहा पाए विप्लव प्रतिकारमा उत्रिने र २० जनाको टाेलीले प्रतिकार गर्ने स्राेतकाे भनाइ थियाे । आजकाे कार्यक्रम युवा सँगठन नेपाल बझाङ अध्यक्ष आकाश सी काे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि विप्लव जिल्ला ईन्चार्ज भरत मल्ल रहनु भएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित