Rashtriya Dainik

म्यान अफ द म्याचद्वारा घोषित भएका गुरुङलाई मेडलद्वारा सम्मान

आरपी उपध्याय /नवलपरासी २९ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ अन्तर्गत रहेको आशा स्मृति युवा क्लबको आयोजनामा सञ्चालन भैरहेको तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नक आउट फुटबल प्रतियोगिताको दोस्रो दिन पनि एक खेल सोमबार पनि जारी रहेकोे छ।
आशा स्मृति युवा क्लब साहुमाराको खेलमैदानमा सञ्चालन भएको फुटबल खेल पृथ्वी बस्ती युवा क्लब र त्रिवेणी समाज फुटबल टिम बिच भएको प्रतिस्पर्धामा पृथ्वी बस्ती युवा क्लबले त्रिवेणी समाजलाई शुन्यको विरुद्ध ४ गोलले पराजित गरेको आयोजक क्लबका सचिव रबि पौडेलले जानकारी दिनुभएको छ।
खेलमा उत्कृष्ट प्रदर्सन गरेका पृथ्वी बस्ती क्लबका जर्सी नम्बर १३ का खेलाडी राम बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भएको आयोजकले बताएको छ।
म्यान अफ द म्याचद्वारा घोषित भएका पृथ्वी बस्तीका खेलाडी गुरुङलाई स्थानीय समाजसेवी मानबहादुर गुरुङले म्यान अफ द म्याचको मेडलद्वारा सम्मान गर्दै आउदो भविष्यमा अझै राम्रो खेलाडी बन्न शुभकामना दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित