Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा नीति , कार्यक्रम तथा बजेट सम्बन्धि सुझाव संकलन

राष्ट्रिय दैनिक / नवलपरासी , २९ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा नीति , कार्यक्रम तथा बजेट सम्बन्धि सुझाव संकलन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि निर्माण गरिने नीति तथा कार्यक्रमका लागि स्थानीयवासीसँग गाउँपालिकाले सुझाव लिएको हो।
< आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि गाउँसभाले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे सरोकारवालाहरूसँग राय सुझाव लिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।
गाउँपालिकाबासीबाट प्राप्त महत्वपूर्ण राय ,सुझावहरुलाई प्राथमिकताको आधारमा समावेश गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाबासीको अपेक्षा धेरै तर पालिकाको स्रोतसाधन सीमित भएकोले सोच अनुसारको काम गर्न समस्या रहेको अध्यक्ष चौधरीको भनाई थियो । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई महत्व दिदै दीर्घकालिन हितका योजना बनाउने उहाँले उल्लेख गर्नुभयो । आम नागरिकको भावनालाई समेटेर नै पालिकाले नीति तथा कार्यक्रम ल्याउने उहाँको भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले आगामी वर्षको नीति तथा कार्यक्रममा पालिकाबासीबाट प्राप्त सुझावलाई नै आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । उहाँले पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारसँगको सहकार्यमा बजेट निर्धारण गरिने जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले समुदायको अपेक्षा अनुसारका नीति तथा कार्यक्रम ल्याउनका लागि नै राय सुझाव संकलन गरिएको बताउनुभयो । पालिकाबासीसँग सामाजिक सञ्जाल, वेभसाईट, इमेल तथा भौतिक उपस्थितिबाट समेत सुझाव संकलन गरिएको र महत्वपूर्ण सुझावहरु प्राप्त भएको उहाँले बताउनुभयो ।

संघ र प्रदेशबाट प्राप्त हुने बजेट, पालिकाको आन्तरिक स्रोत, आवधिक योजना, नेपाल सरकारका नीति तथा कार्यक्रम, दीगो विकासका आधार, राष्ट्रिय नीतिहरु, स्थानीय आवश्यकता लगायतका आधारमा योजनाहरु प्राथमिकीकरण गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।


कार्यक्रममा सहभागि सरोकारवालाहरुले कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, खानेपानी, सडक पूर्वाधार, समावेशीकरण, भ्रष्टचार निर्मुलीकरण, सञ्चार, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा दीर्घकालिन प्रभाव पर्ने खालका योजनाहरु ल्याउन सुझाव दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित