प्युठान / २८ जेठ
प्युठानको स्वर्गद्वारीमा तीर्थयात्री चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाडी चालक तारा कुमालको मात्र पहिचान खुलेको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट गाडी खसेको हो । लु १ च ६३४५ नम्बरको उक्त गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

