अारपि उपाध्याय / नवलपरासी , २८ जेठ
पश्चिम नवलपरासी प्रतिनिधि सभा निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले जिल्लामा विकास चाहने र विकास नरुचाउने बिच द्वन्द्व चलिरहेको बताउनु भएको छ।
जिल्ला मुख्यालय परासीमा सञ्चारकर्मीहरु बिच भएको भेटघाट कार्यक्रममा निर्वाचनको समयमा आफुले बोलेका र दिएका आश्वासन प्रती आफू र नेपाली काङ्ग्रेस पुर्ण प्रतिबद्धताका साथ अगाडि बढिरहेको सान्सद चौधरीको भनाइ रहेको थियो।
विगतको २५ वर्षसम्म जनतालाई ढाट्ने र झुटो आश्वासन दिनेहरु अहिले पनि विकास नचाहेको आरोप लगाउदै काङ्ग्रेस केन्द्रिय समितिका सदस्य समेत रहेका चौधरीले निर्वाचनको समयमा आफुले बोलेको र दिएको आश्वासन प्रती पुर्ण इमान्दार रहेको जनाउदै बाकी साढे ४ वर्षको अवधिमा आफ्नो वचन बद्दतालाइ पूरा गरेरै छोड्ने चौधरीले बताउनु भयो।
पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य चौधरीले बर्दघाटमा ट्रमा सेन्टर स्थापनाको लागि ३ करोड बराबरको ट्रेन्डर प्रक्रियामा रहेको,वर्षौ देखि लाल पुर्जा नपाएका स्थानियको जग्गा नापी कार्य भैरहेको र केही समय भित्र नै लाल पुर्जा वितरण गर्ने बताउदै बर्षेनी हुने डुबान, कटान नियन्त्रणका लागि सरोकारवाला निकाय सङ्ग समन्वय गर्दै आएको जानकारी दिनुभयो।
पश्चिम नवलपरासीको कतिपय ठाउँमा नेपाली भुमी गुगल म्यापमा भारततर्फ देखिने समस्या समाधानको लागि पहल भैरहेको जानकारी दिदै चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा खेलाडीको उत्साह बढाउन खेलकुद सामाग्री वितरण कार्यलाई निरन्तरता दिएको र राष्ट्रिय खेलाडी सम्मान कार्यक्रम गरिएको तथा आगामी दिनहरुमा खेल विकासको लागि रंगशाला निर्माण प्रती आफुले उच्च प्राथमिकताका साथ कार्य गर्ने पनि प्रतिवद्दता व्यक्त गर्नुभयो।
सान्सद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको सम्भाव्यता अध्य्यन गरि गौरवका योहनाहरु बर्दघाट नगरपालिका, प्रतापपुर,सुस्ता,सरावलका कुल ३४ वडा रहेको प्रष्टाउनु भयो। उहाँले सरोकारवाला निकाय र विज्ञ सङ्ग निरन्तर छलफल गरेर क्षेत्र र जिल्लाको प्राथमिकता निर्धारण गरिएको जानकारी पनि दिनुभयो।

पत्रकार सम्मेलनमा बर्दघाट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेपाली काङ्ग्रेस क्षेत्र न.१ का क्षेत्रीय सभापती मुकुल कुमार आचार्य लगायत करिब २ दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

