Rashtriya Dainik

नेपाल शिक्षक महासंघ बर्दघाटमा नयाँ नेतृत्व

रवि पाण्डेय / नवलपरासी , २८ जेठ

नेपाल शिक्षक महासंघ बर्दघाट नगर समितिको सर्बसम्मत समिति घोषणा गरिएको छ । संघसंगठनहरुबीच सहमति गरेर आइतवार दोस्रो नेपाल शिक्षक महासंघ घोषणा गरिएको हो ।
महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रतिनिनित्व रहेको निवर्तमान अध्यक्ष कमल प्रसाद अर्यालले जानकारी दिनुभयो ।
समितिको अध्यक्षमा सभ्यता प्रसाई , सहअध्यक्षमा एक नारायण तिमिल्सिना ,उपाध्यक्षमा शेषकान्त पौडेल , महिला उपाध्यक्षमा उर्मिला थापा क्षेत्री, सचिवमा ऋषिराम खनाल, सहसचिवमा मिलन चापागाई महिला सहसचिवमा सरस्वती खनाल र अर्थ सहसचिवमा दिलबहादुर बाह्रघरे मगर रहेका छन् ।
१८ सदस्सीय उक्त समितिमा खोमराज सापकोटा,भागिरथी सुवेदी,मिना कुवंर,राधिका पाण्डेय, किरण अधिकारी, रेणुका न्यौपाने,अमित पंजियार,मानसिंह परियार विपना केसी र लालसरी ढेंगा मगर रहेको महासंघले जनाएको छ ।
नेपाल शिक्षक महासंघ बर्दघाट नगरपालिकाको गठनका लागि संयोजक आनन्द अधिकारीको सभापतित्व , नेपाल शिक्षक महासंघ नवलपरासीका अध्यक्ष यार मोहम्मद खान, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाई नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष अर्जुन पौडेल, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका बोल्गा नेपाल , बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गोविन्द शर्मा, पूर्णकान्त गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम भिमराज पंगेनीको सञ्चालन र उर्मिला क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ बर्दघाट निवर्तमान अध्यक्ष कमल प्रसाद अर्यालले आफ्नो कार्यकालको समीक्षा सहित आगामी कार्यभारको बारेमा प्रकाश पार्नुभएको थियो ।
नव गठित समितिलाई नेपाल शिक्षक महासंघ नवलपरासीका सचिव कृष्णप्रसाद अधिकारीले सपथ गराउनु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित