अारपि उपाध्याय / नवलपरासी , २८ जेठ
पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.६ स्थित आशा स्मृति युवा क्लब साहुमाराको आयोजनामा तेस्रो त्रिवेणी दुम्किबास जनता मार्ग कप नक आउट फुटबल प्रतियोगिता त्रिवेणीको साहुमारा खेलमैदानमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
आशा स्मृति युवा क्लब साहुमाराका अध्यक्ष दिनेश थापाको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो। सो अवसरमा विनयी त्रिवेणी वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाहले खेललाई व्यवसायिक र अनुशासित ढङ्गबाट खेलिएमा ग्रामीण भेगबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभएको थियो।
“खेलमा उन्नति राष्ट्रको सम्वृद्दी” भन्ने मुल नाराका साथ आयोजना गरिएको खुला नक आउट फुटबल प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेकोे आयोजक समितिका सचिव रबि पौडेलले जानकारी दिनुभएको छ।
साहुमाराको खेलमैदानमा आयोजित टुर्नामेन्टको उद्घाटन म्याच, बि.पि.स्मृति प्रतिष्ठान माकर र जर्लैया युवा क्लब नर्सहीबिच भएको प्रतिस्पर्धामा बि.पि. स्मृति प्रतिष्ठान क्लबले जर्लैया फुटबल टिमलाई १ को विरुद्ध ३ गोलले पराजित गरि म्याचको नतिजा आफ्नो हातमा पारेको आयोजक क्ल्बका उपाध्यक्ष लक्ष्मी ढुंगानाले बताउनु भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बि.पि. स्मृति प्रतिष्ठानका खेलाडी लाल बहादुर थापा म्यान अफ द म्याच घोषित भएको कार्यक्रम सञ्चालक दिपक थापाले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

