Rashtriya Dainik

विनयी त्रिवेणी ७ मा वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , २८ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.७ अन्तर्गत रहेको त्रिवेणी स्टार क्लबको आयोजनामा सञ्चालन भैरहेको वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको छ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नराका साथ आयोजना भएको वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आशा स्मृति युवा क्लब साहुमारा र गोरखा युवा क्लब शिवपुरगढी बिच भएकोमा आशा स्मृति युवा क्लबले गोरखा युवा क्लबलाई शुन्यको विरुद्ध २ गोलले पराजित गर्दै नगद ३० हजार सहित सिल्ड हात पारेको छ।

त्यसैगरी उप विजयिता बनेको गोरखा युवा क्लबले १५ हजार नगद सहित कप र प्रमाणपत्र प्राप्त गरेको खेलका रेफ्री बिनु थापाले जानकारी दिनुभएको छ।

त्रिवेणी स्टार क्लबका अध्यक्ष राजकुमार राइको अध्यक्षतामा आयोजित फाइनल समारोहको प्रमुख अतिथि समेत रहनु भएका वडा न.७ का वडाध्यक्ष उमेश कार्कीले खेलकुदको माध्यमबाट पनि खेलाडीको पहिचान बढ्ने हुँदा यस तर्फ सम्पुर्ण खेलाडीहरु अनुशासित भएर खेल्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले आगामी दिनमा वडा न.६ र ७ को संयुक्त फुटबल टिम बनाइ अन्य ठाउँमा प्रतिस्पर्धाको लागि पठाउने तयारी भैरहेको उद्घोष गर्नुभएको थियो।

कार्यक्रममा वडा न.७ की महिला सदस्य शोभा क्षेत्री, एम्बिसन क्लबका अध्यक्ष विश्वमर्दन शाह लगायतले खेलकुदको महत्वमाथी प्रकाश पार्नुभएको थियो।

जेष्ठ २१ गतेदेखि प्रारम्भ भएको वडास्तरीय प्रतियोगितामा ८ फुटबल टिमको सहभागिता रहेको आयोजकले बताएको छ।
सम्पन्न फुटबल प्रतियोगितामा मैन अफ द म्याचको पुरस्कार गोर्खा युवा क्लबका प्रदीप थापाले प्राप्त गरेका थिए भने म्यान अफ द सिरीजको पुरस्कार गोरखा युवा क्लबका सिमरन राना घोषित भएका थिए।

त्यसैगरी प्रतियोगितामा बेस्ट गोलकिप्परको रुपमा आशा स्मृति युवा क्लबकै यल. एन. थापा घोषित भएको कार्यक्रम सञ्चालक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित