Rashtriya Dainik

घरेलु हिंसा न्युनिकरण गर्नका लागि युवाकाे भुमिका विषयक अन्तरक्रिया

राष्ट्रिय दैनिक / नवलपरासी , २७ जेठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन १ मा घरेलु हिंसा न्युनिकरण गर्नका लागि युवाकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

असल युवा समुहको अायाेजना तथा युनाइटेड मिसन टु नेपालकाे सहयोग र सुनवल सामुदायिक विकास केन्द्रद्वारा सन्चालित घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजनाकाे समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हाे।

असल युवा समुहको अध्यक्ष जितेन्द्र ठाकुरकाे प्रमुख अातिथ्यता तथा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ वडा चुल्हाई प्रसाद यादवकाे प्रमुख अातिथ्यतामा कार्यक्रम गरिएको हाे ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै वडा नम्बर १ वडा अध्यक्ष यादवले महिलाहरू माथि हुने हिंसा सामाजिक एवं कानुनी अपराध भएको बताउँदै महिला हिंसाले समाजलाई नै ध्वस्त पार्ने बताउनुभयो । बाल विवाह, दाइजो प्रथाबाट समाजबाट मुक्त भए मात्र सभ्य समाजको निर्माण हुन सक्ने वहाँले बताउनु भएको थियो ।

त्यस्तै घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेयले राज्यले निर्माण गरेका कानुनहरूमा पनि महिलाहरूलाई विभेद गरिएको र महिला तथा बालबालिकाहरूलाई तुलनात्मकरूपमा कम स्वतन्त्रता र अवसर दिईएको बताउनुभएको थियो । यस्ता गतिविधि र घटनाहरु परियोजना मार्फत न्युनिकरण गरिरहेकाे बताउदै यस्ता काम अाफु पनि नगर्ने र अरुले गरेको देखे प्रतिकार गर्ने तथा सम्बन्धित ठाउँमा जानकारी गराए सजाय दिलाए मात्र हिंसाका घट्ना कम हुने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले पछिल्लो समय घुरेलु हिंसाका घटनाहरु कम हुदै गएको बताएको छन् । घरेलु हिंसा पहिले जे जति मात्रामा हुन्थ्ये अहिले तेति नहुने उनिहरुले बताएका छन् ।

कार्यक्रममा वडा सदस्य चुल्हाई यादव , वडा सदस्य शाेभा हरिजन ,वडा सदस्य बसिरुन निसा , इलाका प्रहरी कार्यालय महेशपुरका उत्तक बहादुर केसि ,घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेय लगाएतकाे सहभागीता रहेकाे सामाजिक परिचालक गुलाम रसुल माेमिनले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित