नवलपरासी , २७ जेठ
पश्चिम नवलपरासीकाे भुमहीमा २ दिने खोजमूलक पत्रकारीता तालिम सुरु भएको छ ।
शेयरकाष्ट इनिशियटिभ नेपालको आयोजना र नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकाे समन्वयमा स्थानिय सरकारसँग रिपोटिङ्ग र खोजी पत्रकारिता तालिम सुरु गरिएको हो ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम सुरुवात भएको हो ।
तालिम उदघाटन गर्दै नगरप्रमुख श्रेष्ठले स्थानिय तहको विकासको लागि पत्रकारहरुको अहम भुमिका रहेको बताउदै नगरले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम तयगरेको जानकारी दिनु भयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा., बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शेयरकाष्ट इनिशियटिभ नेपालका निर्देशक भूमिराज चापागाईं लगाएतले पत्रकारहरुको सीप विकास सम्बन्धी चर्चा गर्नु भएको थियो ।
तालिममा जिल्लाका २६ जना पत्रकारहरुको सहभागितामा रहेको छ।

२ दिने खोजमुलक पत्रकारीता तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा. एवं शेयरकाष्ट इनिशियटिभ नेपालका निर्देशक भूमिराज चापागाईं गर्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

