Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा सरसफाई कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी , २७ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले २४ औँ सरसफाई सप्ताह अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

पालिकाले सरावल १ बासाबसहीमा सरसफाई गरि २४ औँ सरसफाई सप्ताह मनाएको हो ।

सरावल १ का वडाध्यक्ष विष्णु भट्टराईकाे अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले मानव जिवनको लागी सरसफाई महत्वपुर्ण रहेको बताउदै आफ्नो घरबाट सरसफाइ सुरु गरे मात्र सम्पुर्ण सरावललाई सफा बनाउन सकिने धारणा राख्नुभएको थियो ।


कार्यक्रमम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेश अध्यक्ष थान प्रसाद गैरे , खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेश सदस्य नारायण पाण्डे , महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, बासाबसही टोल सुधार समितिका अध्यक्ष देबेन्द्र भट्ठराई लगाएतले अाफ्नाे बिचार राख्नुभएको थियो ।


सो अवसरमा विद्यालय, आमा समूह, युवा क्लब, बालकल्ब, खानेपानि समितिका पधादिकारि लगाएत सञ्चारकर्मीको उपस्थिती रहेको थियो । महासंघका जिल्ला सचिव देवी दत्त सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका खेमनारायण खनालले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित