Rashtriya Dainik

माघीलाई लक्षित गरी “चलाे हाे छैलि माघि मनाय” गित छयांकन हुदै

उमेश बि.क / नवलपरासी ,१५ पुस

आदिवासी थारु समुदायको नयाँ वर्ष माघि पर्वलाई लक्षित गरी थारु म्युजिक भिडियोको छायांकन भइरहेको छ।

“अबकि माघिमे” गितकाे अपार सफल्ता पछि
अबकि माघिमे पार्ट टु “चलाे हाे छैलि माघि मनाय” गित थारु समुदायको महान पर्व माघि पर्वकाे अवसरमा लच्छित गर्दै छयांकन भइरहेको गायक सरगम चाैधरीले जानकारी दिनुभएको छ।

विशेष गरी माघिमा हरेक गाउँठाउँ तथा मेला महाेत्सव थारु गित निकै घन्किने भएको हुनाले साे गितकाे म्युजिक भिडियोको छायांकन भइरहेको गायक मिलन चाैधरीले बताउनु भएको हाे।

बहुचर्चित गायक सरगम चाैधरी,मिलन चाैधरी,उत्तम चाैधरी र कमला चाैधरीकाे अवाजमा सजिएको “चलाे हाे छैलि माघि मनाय” बाेलकाे गितकाे शब्द संगित सरगम चाैधरीकाे रहेको छ।

म्युजिक भिडियोमा मोडल राजन चाैधरी,बिना चाैधरी,राजकुमार चाैधरी,सुजु राजवंशी , गाैतम चाैधरी र मेनुका चाैधरी लगायतका कलाकारले अभिनय गर्ने छन ।

म्युजिक भिडियोको माध्यमबाट थारु संस्कृतिक गीत संरक्षण हुने विश्वास लिइएको छ। साे गितकाे नवलपरासी रुपन्देही र कपिलवस्तु लगाएतकाे स्थानमा छायांकन गरिने मोडल राजन चाैधरीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित