नवलपरासी – नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा नवलपरासीले जिल्ला सदस्य भीम सीको श्रद्धाञ्जली सभा बर्दघाट–४ बाढीपिडीतमा शुक्रवार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सो पार्टीका केन्द्रीय सदस्य धुब्र सीले भीमले जनयुद्ध जनआन्दोलन र एकीकृत जनक्रान्तिमा समेत सक्रिय भुमिका गरेको औल्याउनुभयो ।
कार्यक्रममा सो पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज कमल सी, जिल्ला सल्लाहकार ओम सी , माओवादी केन्द्रको तर्फबाट गोबिन्द विश्वकर्मा , क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम गणेश सीको संचालन र जिल्ला सेक्रेटरी प्रताप सीको अध्यक्षतामा भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

