Rashtriya Dainik

त्रिवेणीको शिवपुरगढीमा माला तथा ढला बनाउने तालिम सम्पन्न

आरपी उपध्याय /नवलपरासी २६ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.७ को आयोजना तथा भुमिका टेक्निकल सर्भिस प्रा. लि. देवचुली नवलपुरको प्राविधिक सहयोगमा ५ दिने माला तथा ढला बनाउने तालिम त्रिवेणीको शिवपुरगढीमा शुक्रबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले सिपमुलक तालिमले स्वावलम्भी बनाउनुका साथै आय आर्जनका मार्ग प्रशस्त हुने विचार व्यक्त गर्नुभयो। सो अवसरमा पत्रकार आर. पि. उपाध्याय, वडा न.७ का वडा सदस्य शोभा क्षेत्री,साना किसान कृषि सहकारी संस्थाकि प्रबन्धक सरीता शर्मा, हिंसामुक्त समाज,विनयी त्रिवेणी ७ को अध्यक्ष भागिरथा घर्ती मगर,सहभागीहरु नाश्रीन खातुन,पुनम गुरुङ लगायतले तालिमको गतिविधि माथी प्रकाश पार्नुभएको थियो।
“सीप सिकौ स्वरोजगार बनौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा उत्कृष्ट सहभागीहरुलाई प्रशिक्षकको रुपमा अन्य तालिममा अवसर दिने बताइएको छ।
कार्यक्रमका प्रमुख प्रशिक्षक प्रतिज्ञा पौडेल र प्रशिक्षक शान्ता पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमका सहभागीहरुले निर्माण गरिएको माला,चुरा,ढला लगायतका सामाग्री प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ।
विनयी त्रिवेणी वडा न.६ र ७ मा धेरै किसिमका तालिमहरु आएपनी माला र ढला बनाउने तालिमबाट सहभागीहरु सन्तुष्ट भएकथिए। आगामी दिनमा यस्ता किसिमका तालिमलाई लामो समयका लागि सञ्चालन गर्नुपर्ने माग राखिएको सहभागीहरुले जनाएका छन।
उक्त तालिममा २८ सहभागीहरुको सहभागीता रहेको कार्यक्रम सञ्चालिका दिपा देवकोटाले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित