उत्तमकुमार थापा
सुर्मादेवी मन्दिरको सरसफाइमा सहिद बृष बहादुर सीँह बहुप्राविधिक शिक्षालय जुटेको छ ।
आज एक कार्यक्रमका बिच शिक्षालयले सरसफाइ अभियान सञ्चालन गरेको हाे । जिल्लामा रहेको मन्दिरमा विभिन्न भक्तजनको आगमन हुने भएको कारण सरसफाइमा ध्यान दिनु पर्ने भन्दै सरसफाइमा जुटेको प्राविधिक शिक्षालय बझाङले बताएको छ ।
बृक्षारोपण,सहित सरसफाइमा लागिपरेको देखिन्छ । आज उद्योग बाणिज्य सँघ बझाङकाे आयाेजनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद धनगढी कैलाली मातहत सञ्चालनमा आएको बृष बहादुर सिँह बहुप्राविधिक शिक्षालयले जिल्लाकाे सुर्मादेवि मन्दिरमा सरसफाइ गरेको थियाे ।

सदरमुकाम चैनपुरमा रहेको मन्दिरलाई चिटिक्क पार्न सरसफाइमा जुटेको शिक्षालय प्रमुख असल कुमार सुनुवारले बताउनु भयाे, उनको भनाइ अनुसार आफू केही काम गर्न आएको भन्दै बझाङ बासिन्दा जाग्नु पर्ने र बझाङलाई अगाडि बढाउन सबै लागि पर्नु पर्ने सुनुवारकाे भनाइ छ । केही समय अगाडि सहिद बृष बहादुर सिँह बहुप्राविधिक शिक्षालयकाे प्राङ्गणमा बृक्षाराेपण गरिएको थियाे । आगामी दिनमा जिल्लालाई सबै ठाउँबाट जाेड्न सरकारी तथा गैर सरकारी कार्यालयहरु र याहाँ रहेका बाैद्बिक व्याक्तित्वकाे लगानी हुनुपर्ने देखिन्छ । सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय सुरक्षाकर्मी पत्रकार,शिक्षालयका शिक्षक बिद्यार्थीहरुकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

