Rashtriya Dainik

त्रिवेणीमा वडा स्तरीय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट खेलको प्रदर्शन गरेका: विशाल थापा

आरपी उपध्याय/नवलपरासी २६ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.७ मा रहेको त्रिवेणी स्टार क्लबको आयोजनामा सञ्चालन भैरहेको वडा स्तरीय फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेल विहीबार सम्पन्न भएको छ ।
वडा स्तरीय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल शिवपुरगढी युवा क्लब शिवपुरगढी र आशा स्मृति युवा क्लब बिच भएको प्रतिस्पर्धामा आशा स्मृति युवा क्लब साहुमाराले शिवपुरगढी युवा क्लबलाई शुन्यको विरुद्ध ३ गोलले पराजित गरि आशा स्मृति युवा क्लब शनिबार हुने फाइनल खेलको यात्रा सुनिश्चित गरेको आयोजक क्लबका अध्यक्ष राजकुमार राइले जानकारी दिनुभएको छ।
विहीबार भएको सेमिफाइनल खेलमा उत्कृष्ट खेलको प्रदर्शन गरेका आशा स्मृति युवा क्लबका खेलाडी विशाल थापा म्यान अफ द म्याच घोषित भएका थिए। म्यान अफ द म्याचको अवार्ड प्रदान गर्दै समाजसेवी प्रीतम बहादुर गुरुङले सबैभन्दा प्रीय खेलको रुपमा रहेको फुटबल खेललाई अझ बढी व्यवसायिक र अनुसाशित खेलको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको थियो।
विनयी त्रिवेणी ७ को आर्थिक सहयोगमा सञ्चालन भैरहेको वडा स्तरीय फुटबल खेलमा ८ टिमको सहभागिता रहेको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित