ललितपुर । ललितपुर सदर चिडियाखाना जावलाखेलमा उपयोग नभएका काठबाट पशुपन्छी तथा जनावरको आकृति बनाउने भएकाे छ ।
देशका विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट ‘सेभ द एनिमल्स’ नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गरिने भएकाे छ । कलाकार बिभुषण ताम्राकारको नेतृत्वमा उक्त आकृति कुंदने काम गरिने जानकारी गराए ।

उक्त कला प्रस्तुतीमा कलाकारहरु बिभुषन ताम्राकार, बिकास शाक्य , राजन महर्जन , बिपुल प्रजापती, गौरव रत्न बज्रचार्य र रिकेश प्राजले आफ्नो कला प्रस्तुत गर्दैहुनुहुन्छ ।

हालसम्म मकर गोही, हात्तीको टाउको, लाटोकोसेरो र गिद्धको टाउको बनाइंदैछ भने अरु विभिन्न आकृति कुंदने काम जारी रहेको छ । सुपरिवेक्षणकाे रूपमा सम्पदा संरक्षण अभियानकर्ता सुर्दशन महर्जनले गरिदै आइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

