Rashtriya Dainik

पुर्वी नवलपरासीको गण्डक ब्यारेज नाकामा विहिबार सुचना परामर्श केन्द्रको उद्घाटन गरियो

आरपी उपध्याय / नवलपरासी २५ जेठ

ज्योती सामुदायिक विकास सेवा नेपाल अन्तर्गत सुचना परामर्श केन्द्रको उद्घाटन कार्यक्रम विहिबार विनयी त्रिबेणीको गण्डक ब्यारेज नाकामा सम्पन्न गरिएको छ । ज्योती सामुदायिक विकास सेवा नेपालका कार्यकारी निर्देशक राजन सुनारको अध्यक्षता तथा विनयी त्रिबेणी वडा नम्बर ७ का वडाध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले मानव बेचविखन रोकथाम तथा नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल त्रिबेणी विओपीका शसस्त्र प्रहरी निरीक्षक पदम पाण्डे, ईलाका प्रहरी कार्यालय त्रिबेणीका वरिष्ट सव ईन्सपेक्टर प्रेम विष्ट, वडा नम्बर ७ की वडा सदस्य शोभा क्षेत्री, भागिरथा घर्ती मगर, तारा भट्टराई लगायतले गरिबी, अशिक्षा र पछौटेपनको आडमा मानव बेच विखन कार्य हुदै आएकोमा त्यस किसिमको कार्य रोकथाम गर्न सबै पक्ष गम्भिर हुनुपर्ने विचार राखेका थिए ।

ज्योती सामुदायिक विकास सेवा नेपालले २०७९ फागुन महिना देखी गण्डक ब्यारेज पुलमा बुथ नै स्थापना गरेर सुचना आदान प्रदान गर्दै आइरहेको कार्यकारी निर्देशक सुनारले जानकारी दिनुभएको छ । चितवनको भरतपुर ११ मा प्रभान कार्यालय रहेको यस ज्योती सामुदायिक विकास सेवा नेपालले चितवन, मकवानपुर, महोत्तरी र नवलपुरलाई आफ्नो कार्य क्षेत्र बनाई महिला समुह गठन, विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण, जुत्ता चप्पल बनाउने तालिम, छात्रवृति वितरण, समुदायलाई स्वच्छ खानेपान वितरण, सिमानाकामा निगरानी तथा परामर्श केन्द्रको स्थापना लगायत कार्यहरु गर्दै आएको आयोजक संस्थाले बताएको छ।

नवलपुर जिल्लामा १ सय ४४ जना युवतीहरुलाई सिमानाकामा रोकी नेपाल प्रहरीको समन्वयमा परामर्श दिइएको थियो भने ५ युवतीलाई ट्रान्जिट होममा राखिएको तथा ४ महिलालाई प्रहरीको रोहबरमा घर फिर्ता पठाइएको कार्यक्रममा जानकारी गराइएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित