Rashtriya Dainik

त्रिवेणी स्टार क्लब विनयी त्रिवेणीद्वारा वडा स्तरीय फुटबल प्रतियोगिता जारी

आरपि उपाध्याय / नवलपरासी , २५ जेठ

त्रिवेणी स्टार क्लब विनयी त्रिवेणी ७ पुर्वी नवलपरासीको आयोजनामा सञ्चालन भैरहेको वडा स्तरीय फुटबल प्रतियोगिता बुधबार पनी एक खेल सम्पन्न भएको छ।

विगत जेष्ठ २१ गते देखि प्रारम्भ भएको वडा स्तरीय फुटबल प्रतियोगिताको चौथौ दिन आयोजक क्लब त्रिवेणी स्टार क्लब, ठट्टीयाखोला र कालिका युवा क्लब लक्ष्मीपुर बिच भएकोमा आयोजक क्लब फराकिलो गोलले विजयी भएको क्लबका अध्यक्ष राजकुमार राइले जानकारी दिनुभएको छ।

विनयी त्रिवेणी ७ लक्ष्मीपुरको खेल मैदानमा सम्पन्न खेलमा कालिका युवा क्लबलाई आयोजक त्रिवेणी स्टार क्लबले शुन्यको विरुद्ध ८ गोलले पराजित गरेको खेलका अम्पायर बिनु थापाले बताउनु भएको छ। सम्पन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका त्रिवेणी स्टार क्लबका विवेक तामाङ म्यान अफ द म्याच घोषित भएका थिए।

म्यान अफ द म्याचको अवार्ड प्रदान गर्दै ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्स्पेक्टर प्रेम बहादुर विष्टले खेलमा हारजित स्वभाविक प्रक्रिया भएकोले असफलता नै सफलताको प्रतीक रहेको बताउनु भएको थियो।

फुटबल प्रतियोगितामा विनयी त्रिवेणी गा.पा. का वडा न.६ र ७ बाट आठ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित