राजन चौधरी / रुपन्देही , २५ जेठ
रुपन्देहीको तिलोत्तमा १७ जमुहानिमा बुधबार स्वागत अभिनन्दन एव भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमितीद्वारा आयोजित कार्यक्रम तुलसी चौधरीको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका संरक्षक पुर्व माननीय रेशम लाल चौधरीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो ।

२०७२ सालमा घटेको टिकापुर घटनामा १ नाबालक सहित ८ प्रहरी मारिएको आरोपमा जन्मकैदको सजाय काटिरहेका चौधरी करिब ८ वर्ष पछि जेठको १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि सोहि अवसरमा पार्टिका कार्यकर्ताहरुले भव्य स्वागत गरिरहेका छन ।
नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिती रुपन्देही रेशम चौधरीलाई जेल जिवन पछि पहिलो पटक रुपन्देहीको क्षेत्र न. ३ को सुद्दोधन गा .पा को दर्बहवामा र क्षेत्र न.१ को तिलोत्त्मा १७ जमुहानिमा भव्य स्वागत भएको थियो ।
कार्यक्रममा बोल्दै रेशम चौधरी पैसा र पावर हुने मान्छे कहिलै जेल बस्नु पर्दैन आज पैसा र पावर दुबै नहुदा निर्दोष रेशम जेल बस्नु परेको बताउनुभयो । अब जेल मुक्त भैसकेको छु बाकी जिन्दगी बोनसमा पाएको हु । यो जिनदागी तपाईं लगायत सम्पुर्ण जनतामा समर्पित गर्छु । त्यसैले पहिचानबादी हामी १ हौ । कार्यक्रममा भाबुक हुँदै जेल जीवन र पारिवारिक जीवनलाई पनि जोडनु भएको थियो ।

पार्टीका अध्यक्ष तुल्सी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य लक्षमण थारु, लुम्बिनी प्रदेश सदस्य बसन्ती नेपाली लागायले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष एवम पार्टी प्रबक्ता दामोदार पण्डित, केन्द्रिय सदस्य बस्नेत हमाल,राजन गुरुङ्ग, केन्द्रिय सदस्य डा. राजेन्द्र्बिर राय, माननीय लाल वीर चौधरी , माननीय गङ्गाराम चौधरी ,माननीय निर्मला चौधरी लगायतकाे सहभागिता रहेको थियो ।

सो अवसरमा ५५३ जनाको पार्टी प्रवेश गर्नुभएको थियो । कार्यक्रम सन्चालन रोशनी चौधरी र मन्जित चौधरीले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

