Rashtriya Dainik

मायादेवीमा पाठेघर मुखको क्यान्सर सम्बन्धि निशुल्क क्याम्प

तुलसीराम पौडेल – मायादेवी ,जेष्ठ २४

रुपन्देही स्थित मायादेवी गाउँपालिकाको आयोजनामा मायादेवी वडा न.७ हाटिवनगाई स्वास्थ्यचौकीमा निशुल्क प्रजनन रुग्णता पाठेघरको मुखको क्यान्सर आङ खस्ने फिस्टुला,स्तन क्यान्सर सम्बन्धि क्याम्प एक कार्यक्रमका बीच सम्पन्न भयो ।

निशुल्क क्याम्पमा प्राविधिक सहयोग स्त्री रोग विशेषज्ञ डाक्टर सरस्वती श्रेष्ठले रोग परिक्षण गर्नुभएको थियो ।स्वास्थ्य प्राविधिक टिम लिडर भेरी स्टोभका भुमिका जोशी हुनुहुन्थ्यो ।
क्याम्पमा २ सय जनाको परिक्षण गरिएको थियो जस अन्तरगत ७४ जनाले VIA परिक्षण गरिएकोमध्य २ जना VIA positive देखियो।आङ खसेका २ जनालाई रिङ पेसरी राखिएको थियोे ।

मायादेवी गाउँपालिकाको आयोजनामा गत पौषमा मायादेवी वडा नम्बर १,२,४ मा ४०१ को VIA परिक्षण गरिएको थियोे ।
त्यसैगरी जेष्ठ २५ गते वाड नम्बर ६ स्थित आधारभूत स्वास्थ्यकेन्द्र बेथरीमा र जेष्ठ २६ गते वाड नम्बर ८ स्थित मत्कलवामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि क्याम्प हुने मायादेवी गाउँपालिका नर्सिङ अधिकृत शर्मिला शर्माले जानकारी दिनु भयो।
मायादेवी गाउँपालिका प्रबक्ता एवं वाड नम्बर -७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य हाटी वनगाई स्वास्थ्यचौकीका प्रमुख रुद्र रोकाहाले गरेका थिए । सम्पन्न कार्यक्रममा मेरी स्टोभ डिजि कोडिनेटर दिपक महरा लगायतले मन्तव्य दिनु भएको थियोे ।कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा नर्सिङ अधिकृत शर्मिला शर्माले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित