काठमाडाैं । परम्परागत आरोग्य नेपालको आयोजनामा पन्ध दिने उदघोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ । तालिम प्रमुख प्रशिक्षक मनिष मानव रहेको उक्त तालिममा ४० जनाको सहभागीता रहेको थियो ।
तालिममा महिलाहरुको सहभागीता बढी रहेको थियो । परम्परागत आरोग्य नेपालका सचिव समेत रहेका मनिष मानव श्रेष्ठ मानवले “सम्पुर्ण नेपालीहरुलाई परम्परागत उपचार पद्वति, मर-मसलाको ज्ञान् दिने देखि लिएर व्यरोजगार युवाहरुलाई रोजगार दिने हिसाबले यस्ता तालिमहरु भबिस्यमा पनि सञ्चालन हुने बताउनु भयो तालिम निकै उत्साहजनक रूपमा सम्पन्न भएकोले अझै यस्ता कार्यक्रमहरु लामो समयको लागि सञ्चालन गरिने मनिष मानव श्रेष्ठले थप्न भयो ।

तालिममा अथिति वक्ताको रूपमा सञ्चारकर्मी के.के मानन्धर तथा हास्यकलाकार तथा निर्देशक सुरेन्द्र मानन्धरलाई पनि आमन्त्रित गरिएको थियो तालिमको अन्तिम दिन प्रमुख प्रशिक्षक मनिष मानव श्रेष्ठ तथा परम्परागत आरोग्य नेपालका अध्यक्ष सन्जय रत्न शाक्यलाई प्रशिक्षार्थीहरुको तर्फबाट सम्मान गरिएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

