Rashtriya Dainik

शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

चन्द्रौटा, कपिलवस्तु, जेष्ठ २४

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो ।
कृष्णनगर नगरपालिका वडा नं. ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्रारिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेको बताउनु भएको हो । लामो समय बन क्षेत्रकै समाचारहरु कबरेज गर्दै बन विकासमा लागेका गुप्ता अबको अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिदै बन र बन्यजन्तुको संरक्षण लाग्ने बताउनु भयो ।
डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तु अन्तर्गत पर्ने शिवराज साझेदारी वनमा शिवराज नगरपालिका भित्रका वडा नं. २,५,६,७ र ८ पर्दछ भने कृष्णनगर नगरपालिकाको वडा नं. ५,८र ९ पर्दछ । प्रत्येक वडाबाट ४ जना पुरुष र ३ जना महिला वडा प्रतिनिधीका रुपमा छनौट भएर कुल ५६ जनाले अधिवेशनबाट कार्यसमिति चयन गर्ने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित