राजन कुमार बानिया / पर्सा , २४ जेठ
पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधी निर्वाचित भएको एक बर्ष बितिसक्दा पनि बिकासको काम शुन्य रहेको Ycl को केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेलले आरोप लगायका छन ।
गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य , सडक, नाला जस्ता ठाउँमा बिकास निर्माणको कार्य ठुलो मात्रामा अलपत्र रहेका छन। कृषि र स्वास्थ्य क्षेत्रमा सब भन्दा बढि बजेट निकासा गरेता पनि कृषि सहज ढंगले काम काज गर्न नसकेको र कृषिलाई प्रभावकारी बनाउने उदेश्यले एउटा पनि गतिलो कार्य नभएको स्थानीयहरुले आरोप लगाए । Ycl को केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सन्तोष पटेलले गाउँलिकामा तालिमको नाउमा लाखौंको बजेट छुट्टयाएको छ,तर नातावाद क्रिपावादमा सबै बजेट सिमित गरिए छ । उनले भने गाउँपालिकामा बिनाकाम मनोपरी कर्मचारी नियुक्ति गरि लाखौं रकम हिनामिना गरिएहो छ । गरिब जनताको घरमा ग्यास र धारा छैन, तर दुईतले पक्कि घर भएकाहरुको घरमा धारा र ग्यास बाडिएको छ । गरिब बिपन्नलाई नदिएर आफ्ना आसेपासे, पार्टीपंक्ति तथा कार्यकर्ता पाल्ने काम भईरहेको देखेर उनले दुखेसो समेत पोखे। गाउँपालिकाको कामकाजको खोजी गर्न सबै गाउँबासीको अधिकार हो, गाउँपालिका भित्र भईरहेको बदनियत कामलाई रोक्न आफ्नो हक अधिकारको लडाइँ लडन हामी सम्पुर्ण गाउँबासीलाई अगाडी बढनु पर्छ र आफ्नो हकको लडाइ आफैँ लडनु पर्छ । तपाईंहरु नडराउनु आउनु एक साथ मिलेर आफ्नो अधिकारको लडाइँ लडौं” उनले भने । देशको हरेक जातजाति बर्ग तथा हरेक धर्म संस्कृतिक मानिने नेपाली जनतालाई आफ्नो कुरा राख्ने र आफ्नो अधिकारको लागि खुल्ला आवाज उठाउने एक सम्मान अधिकार दिएको छ । तर गणतन्त्रबाट चाहे जति नेपाली जनताको अपेक्षा पुरा हुन सकेको छैन । बिश्वासको अधारमा नेता तथा दलिय ब्यवस्था हुन्छ तर केहि सिमित ब्यक्तिले स्थानिय, प्रदेश, र संघ सरकार गरि तिनै हतबाट आम नागरिकलाई मिल्ने सुबिधा सतामा रहेका ब्यक्तिहरूले ब्यक्तिगत स्वार्थ पुर्तिमा लिने गर्छन् । निर्वाचनको समयमा जनतासगं ठुलो ठुलो कुरा गर्नु तर सतामा पुगे पछि आफना आसेपासे र स्वार्थ पुर्तिमा लागनुले पछि गणतन्त्रको नाम बदनाम हुनेगर्छ उनले आफनो धारण राखे । नेता पटेलले म बिपक्षीको हिसाबले होईन म एउटा जिम्मेवार नागरीक भएको हुना आफ्ना गाउँ टोललाई भ्रष्टचार मुक्त बनाउन म आफनो कर्तब्य पाल्ना गर्दै छु । जनताको हकहित र नगरपालिकाको बिकासको लागी म सदैव आवाज उठाउने छु उनले प्रतिद्रता समेत गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

