Rashtriya Dainik

जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन तथा कापीकलम वितरण

पर्सा ,२४ जेठ

पिसफोर दलितस फाउन्डेसन नेपाल,मधेश प्रदेश पर्साको आयोजना तथा अमेरीका बस्ने प्रकाश आचार्यको आर्थिक सहयोगमा उहाँको छोरा रोनक आचार्यको जन्मोत्सवको अवसरमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-१९,बिन्दबासनी केहुनिया गाउँको दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिका लगायत १८५ जना बालबालिका तथा दलित टोलको अन्य व्यक्ति गरि जम्मा २७५ जनाहरु भोजन खाना खुवाईएको छ।

खानामा भात,दाल,मासु,तरकारी,पापड,सलाद रहेकोे छ।
ती बालबालिकाहरुको लागि कापीकलम पनि वितरण गरिएको छ।
यस बिन्दबासनी केहुनियाको दलित बालबालिका संग रोनक आचार्यको जन्म दिनमा केक काटेर एक आपसमा बालबालिकाले बनाएको छ्न। बालबालिका तथा समुदायले रोनक आचार्यको लागि जन्म दिनको हार्दिक मंगलमय शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना रहेकोे छ। प्रकाश आचार्य ज्युले संधै नै दलित बालबालिकाहरुलाई सहयोग गर्नु भएको छ । आफ्नो छोराहरुको जन्म दिनको अवसर , आफ्नो जन्म दिनको अवसरमा बालबालिकाको लागि जन्म दिनको उपहारस्वरूप कापीकलम , खाना खुवाउने कार्यमा सहयोग गर्नु भएको छ।
यो उदाहरणीय कामले खुसी भएर अभिभावक नगिना राम ज्युले रोकन आचार्यलाई जन्म दिनको शुभकामना दिनुभएको छ ।

सिन्धुली जिल्ला दुधौली न.पा.वडा- ४, पाखाटोल डकाहा स्थाई निवासी स्व. बुबा ठाकुर प्रसाद आचार्य , आमा एमुना आचार्यको जेष्ठ नाती तथा हामी प्रकाश/रितु आचार्यको सुपुत्र, रोनक आचार्यको ५ औं शुभ जन्मोत्सवको सुखद सु- अवसरमा Peace4Dalits Foundation Nepal ले संचालन गरिएको दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिकाको लागि भोजन / खाना खुवाउने कार्यक्रमको लागि रु. ४५६७५/- अक्षरेपी पैंतालीस छव सय पचहत्तर रुपैया आर्थिक सहयोग गर्नुभएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ।


यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ।

यस जन्म दिनको अवसरमा जन्मोत्सव कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , सचीव दीपेन्द्र राम , पारमानन्द राम सदस्य अशोक राम , सदस्य सुरेन्द्र पासवान , सदस्य सन्जोग राम , दलित महिला सदस्य , दलित अगुवा तथा बालबालिकाको सहभागिता रहेकोे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित