Rashtriya Dainik

वडा अध्यक्ष छाेटेलाल गुप्ताकाे सक्रियतामा सरावलकाे धनेवा खोलामा साइफन निर्माण

उमेश बि.क / नवलपरासी , २४ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ काे धनेवा खोलामा साइफन निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ।

खाेलानालामा पानिकाे बहाव राम्रोसँग नभएर बर्सेनि बाढीकाे चपेटामा परि विपदकाे सामना गरिरहेका जनतालाई बाढीबाट जोगाउन साइफन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सरावल ६ वडा कार्यालयकाे रु ३० लाखकाे लागतमा साइफन निर्माण भइरहेको वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ताले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

बाढीकाे समस्या झेलिरहेका स्थानीय बासिन्दाकाे मागलाई संघिय , प्रदेश र पालिकाले सम्बाेधन नगरिरहदा अाफुले वडाबाट बजेट बिनियाेजन गरि साइफन निर्माण गरेको र हाल अन्तिम चरणमा पुगेको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभएको हाे।

धनेवा खाेला साइफन निर्माण उपभोक्त समिति अध्यक्ष झिन्कु सिंहले वडा अध्यक्ष छाेटेलाल गुप्ताकाे सक्रियतामा निर्माण भएको साइफन निकै स्रहनिय काम छ । यसले गर्दा नाैडिहवा , मधवलिया , खडाैना , पुसाैलि गुज्जर टाेल , पुसाैलि यादव टाेल , कुर्थावल , गडाैरी , जिगनिहवा , धनगडवा र पाल्हिनन्दन १ शंकरपुर लगाएतकाे गाउँ बाढी चपेटाबाट बच्ने छन । पहिलादेखि विभिन्न नेतालाई भन्दा अास्वासन मात्र देखाउने गरेकाे तर वडा अध्यक्ष गुप्ताले जितेकाे वर्षभरिमा साइफन निर्माण गरी निकै उदाहरणीय काम गरेको बताउनुभयो ।

उक्त खोलामा साइफन निर्माण कार्यले बाढी नियन्त्रण हुनुकाे साथै त्यहाँस्थित विभिन्न गाउँको मानवबस्तीका साथै बालीनाली र चौपाया सुरक्षित रहने स्थानीय घनश्याम चौधरीले विश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै स्थानीय शैलेन्द्र कुमार चाैधरीले साइफन निर्माण कार्यले नवजीवन मिल्ने बताउनुभयो । धनजनकाे क्षति नहुनुकाे साथै अावतजावतमा सहजता तथा धानबाली उत्पादनमा वृद्धि हुने बताउनुभयो ।

साइफन निर्माण कार्य भइसकेपछि बाढीकाे समस्याबाट स्थानीय जाेगिन सक्ने विश्वास लिइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित