ज्ञानेश्वर सहानी / नवलपरासी ,२३ जेठ
पश्चिम नवलपरासीमा वर्षा नहुदा अत्याधिक घाम गर्मी भई पानीको सुकेपछि चपाकल सुकन थालेको छ ।
वर्षा नभएको धेरै भएर नवललपरासीको विभिन्न गाउँमा चपाकल सुकन थालेको छ ।अहिले खेती गर्ने बेला पनि वर्षा नहुदा वोरिङ्गबाट किसानहरुले तरकारी र धानको विउमा पानी सिचाई गरेका छन वर्षा नहंदा दिन प्रतिदिन पानीको सतह घटदै गएपछि चपाकल सुकन थालेको स्थानियहरुले बताए ।
सिँचाई गर्न अत्याधिक प्रयोगमा आउने गण्डक नहरमा पानी नआउदा बाध्यर भएर डिपवोरीङ प्रयोग गरेका छन वोरिङ्ग प्रयोग गर्दा चपाकलमा आउने पानीको सतह घटदै गएको सथानियहरुले भनेका छन ।स्थानियले भने समयमा वर्षा नहुंदा अत्याधिक घाम गर्मी भई धानको विज उम्रनु सुकनबाट बचाउनको लागि प्रत्येक २/३ दिनमै धानको विज उम्रनु खेतमा पानी हाल्नु पर्ने बाध्यता रहेको छ कृषिकहरुले बताएका छन ।
अहिले वर्षा हुने समय हो तर वर्षा नहुंदा अत्याधिक घाम गर्मी बढे संगै पानीको सतह घटदै गएपछि भोलीको दिनमा पिउने पानी पनि पाईदै जस्तो लागि रहेको जनताहरुलाई चिन्ताको विषय बनेको छ । नवलपरासीको विभिन्न स्थानमा पानीको सतह घटेदै गईरहेको स्थानियहरुले अनुभव गरिरहेको बताएका छन ।यस्तै नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ३ स्थितका चपाकल र वोरिङ्गमा पानीको सतह घटेर चपाकलहरु समेतमा पानी नआएको स्थानिय मनोहर हरिजनले बताए ।अत्याधिक गर्मी बढेका कारण नवलपरासीका स्थानिय सरकारले विद्यालयहरुमा पठन पाठन बन्द गरेको छ ।शिक्षा समितीको वैठकको निर्णय अनुसार हाल बढिरहेको अत्याधिक गर्मीका कारण पठन पाठन तथा शैक्षिक गतिविधि संचालनमा असहज भएकोले शैक्षिक क्यालेन्डरमा उल्लेख भएको गर्मी विदाबाट कट्टी हुने गरी सम्पुर्ण विद्यालयहरुमा विदा गरिएको स्थानिय सरकारले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

