अारपि उपाध्याय / नवलपरासी , २३ जेठ
पश्चिम नवलपरासीमा वर्षेनी बाढी डुबानबाट हुने धनजनको क्षति न्यूनीकरण गर्नको लागि श्री गोरखदल गणबाट `अभ्यास मनसुन ३´ सञ्चालन कार्यलाई तिव्रता दिइएको छ।
स्थानीय बासिन्दाहरुलाई प्राकृतिक विपदबाट बच्ने उपायबारे अभिमुखिकरण सञ्चालन गर्नको लागि श्री गोरखदलका गणपती प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा जेष्ठ १४ गते अभ्यास मनसुन कार्यक्रमको सुभारम्भ गरिएको थियो।
अभ्यास मनसुन ३ सुभारम्भको लागि गोरखदल गणका सेनानी उदयराज कार्कीको नेतृत्वमा ३५ जनाको फौज परिचालन गरिएको जानकारीमा आएको छ।
मनसुन अभ्यास कार्यक्रममा गणले स्थानीय निकाय,विद्यालय व्यवस्थापन समिती, विद्यालय प्रशासन र नेपाल प्रहरी सङ्ग समन्वय गरि विद्यार्थी तथा जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाढी, डुबान र आगलागीबाट बच्ने उपायबारे जनचेतनामूलक सचेतना कार्यक्रम गरिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो।
गोरखदल गणले सञ्चालन गरेको अभ्यास मनसुन कार्यक्रम, पाल्ही नन्दन गाउँपालिकाको हरपुर, महेशपुर, शङ्करपुर लगायत बाढी डुबान प्रवाहित क्षेत्रमा पट्रोलिङ्ग गरि उक्त ईलाकामा जानकारी हासिल तथा स्थानीय निकाय सङ्ग समन्वय गरिएको थियो।

त्यसैगरि प्रतापपुर गाउँपालिकाको प्रसौनी, सुर्यपुरा र सुस्ताको कुडीया तथा बर्दघाट नगरपालिकाको पाल डाडामा बाढी डुबान तथा आगलागी सम्बन्धि प्रशिक्षण सञ्चालन गरिएको जानकारीमा आएको छ। जनचेतनामूलक प्रशिक्षण कार्यक्रममा ७०० को सङ्ख्यामा स्थानीयहरुको उपस्थिति रहेको बताइएको छ।
मनसुन ३ अभ्यास कार्यक्रमलाई जेष्ठ २० गते विधिवत समापन गरिएको गोरखदल गणले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

