अारपि उपाध्याय / नवलपरासी , २२ जेठ
त्रिवेणी स्टार युवा क्लब विनयी त्रिवेणी ७ को आयोजनामा सञ्चालन भैरहेको वडा स्तरीय फुटबल प्रतियोगिता सोमबार पनि जारी भएको छ।
जेष्ठ २१ गते देखि विनयी त्रिवेणी ७ लक्ष्मीपुरको खेलमैदानमा प्रारम्भ भएको वडा स्तरीय फुटबल खेलको दोस्रो दिन गोरखा युवा क्लब शिवपुरगढी र शिवपुरगढी मा.वि. बिच प्रतिस्पर्धा भएकोमा निर्धारित समयमा दुबै टिमले १/१ गोल गरि बराबरी खेलेपछी दुबै टिमलाई पेनाल्टी सुट आउटको मौका दिइएको आयोजक क्लबका अध्यक्ष राजकुमार राइले जानकारी दिनुभएको छ।

पेनाल्टी सुट आउटमा पनि म्याचको नतिजा आउन नसके पनि सडेन डेथमा गोरखा युवा क्लब १ गोलले विजयी भएको उक्त खेलमा शिवपुरगढी मा.वि. का खेलाडी प्रबिन राना म्यान अफ द म्याच घोषित भएको आयोजकले बताएको छ। म्यान अफ द म्याचको अवार्ड दिदै अध्यक्ष राइले खेलमा अनुशासनको ठूलो महत्व हुने हुँदा अनुशासित खेलाडीले नै भविष्यमा खेलबाट असल प्रदर्सन गर्न सक्ने विचार व्यक्त गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

