नवलपरासी – जीतपुर प्राबि बर्दघाट–५ बण्डाखोलाका प्रधानाध्यापक समेत रहेका दीपक पोखरेलले संगठनमा अवसरहरुको समान वितरण नभएको बताउदै नेपाल राष्ट्रिय शिक्षक संगठन परित्याग गरेको घोषणा गरेका छन् ।
सोमवार पोखरेलले एक बिज्ञप्ति जारी गर्दै संगठनमा नेतृत्वमा भएका ब्यक्तिहरु नै नेपाल शिक्षक महासंघका जाने प्रबृति हावी हुदै गएकोले संगठन परित्याग गरेको घोषणा गरेका हुन् ।
पोखरेलले आफू २०५४ साल देखि नै संगठनमा निरन्तर क्रियाशिल रहेको र बर्तमान अवस्थामा निरन्तरता र क्रियाशिलको कुनै मुल्यांकन हुने नगरेको उल्लेख गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

