बिनोद निगम / नवलपरासी ,२२ जेठ
पश्चिम नवलपरासी प्रहरीले अबैध चाँदी जस्तो देखिने पदार्थ बरामद गरिएको छ । आज बिहान करिब १०:४० बजे पाल्हिनन्दन गाउँपालिका- ४ लोहरौलीस्थित बरामद गरिएको छ ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी ग्रमी बाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतको महाराजगंज थाना निचलौल बस्ने बर्ष अं. ५३ को दिलिप बर्मा लाई शंका लागी चेक जांच गर्ने क्रममा उक्त मुल्य बरामरको चादि बरामद गरिएको हो ।

निजको साथबाट अबैध चम्चा, कटौरा र पाउजु लगायतका चाँदी जस्तो देखिने धातुजन्य पदार्थ २७५० ग्राम फेला परेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभएको छ ।
अबैध चाँदि सहित मानिस पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको समेत डिएसपी पाण्डेले जानकारी दिएका छन्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

