सुरेश यादव/ नवलपरासी,२२ जेठ
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १० नदवा स्थितमा रहेको श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा जिल्ला खोटाङ दिपरुङ गाउँपालिका वडा नं २ घर भई हाल रामग्राम नगरपालिका वडा नं १० स्थितको पेप्सी फ्याक्टीमा काम गर्ने लेखराज खत्रीको अन्दाजी ११ वर्षकी छाेरी युनिषा खत्री र अन्दाजी ७ वर्षकी मुना खत्री आज जेठ २२ गते ११:४० बजेकाे समयमा डुबी रहेको अवस्थामा देखी तत्काल निजहरु दुबै जनालाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासी ल्याएकोमा अस्पतालले ११:५५ बजेकाे समयमा युनिषा खत्रीको मृत्यु भएकाे घोषण गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब निरिक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।
मुना खत्रीको अवस्था सिरियस रहेकोले सामान्य उपचार पश्चात थप उपचारक लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको नवलपरासी प्रहरीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा सहित ७ जनाको टोली खटि गै थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी पाण्डेले बताउनुभयाे । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ३ कि.मि. पश्चिम तिर रहेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

