आरपी उपध्याय /नवलपरासी २२ जेठ
पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.७ वडा कार्यालयको आयोजनामा लागू औषध दुर्व्यसनिय विरुद्धको सचेतनामुलक कार्यक्रम त्रिवेणीको शिवपुरगढीमा सम्पन्न भएको छ।
विनयी त्रिवेणी वडा न.७ की वडा सदस्य शोभा क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले जनचेतनामूलक कार्यक्रमको माध्यमबाट लागू औषध सेवनकर्ताहरुलाई सहि मार्गमा ल्याउन सकिने धारणा राख्नुभयो।
ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्सपेक्टर प्रेम बहादुर विष्टले सिमापार भारतिय बजारको औषधि पसलमा लागू औषध विक्री वितरण हुँदै आएकोमा भारतिय सुरक्षाकर्मीको समन्वयमा त्यस्ता कार्य रोक्न पहल भएको जानकारी गराउदै लागू औषध बोकि आउने वा सेवन गरि आउने माथी कडा निगरानी राखेको जानकारी दिनुभयो।
मध्यविन्दु सञ्चार सेवा कावासोती नवलपुरको संयोजनमा सम्पन्न भएको १ दिने कार्यक्रममा केशव खत्री र पत्रकार विष्णुप्रसाद गौडेलले सहजीकरण गर्नुभएको थियो।
“नशा रहित समाज राष्ट्रको चाहना” भन्ने मुल नाराका साथ आयोजना भएको कार्यक्रममा महिला पुरुष सहित ५० युवायुवतीहरुको सहभागीता रहेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

