आरपी उपध्याय /नवलपरासी २१ जेठ
त्रिवेणी स्टार युवा क्लब विनयी त्रिवेणी ७ को आयोजना तथा विनयी त्रिवेणी गाउँपालिका वडा न.७ वडा कार्यालयको सहयोगमा वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्य आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
त्रिवेणी स्टार क्लबका अध्यक्ष राजकुमार राइको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिताको प्रमुख अतिथि वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले ग्रामीण भेगमा खेलाइने फुटबल प्रतियोगिताबाट पनि असल खेलाडी उत्पादन गर्न सकिने धाराणा राख्नुभयो।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको फुटबल प्रतियोगितामा वडा अन्तर्गतका ८ फुटबल टिमबिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ। 
विनयी त्रिवेणी ७ लक्ष्मीपुरको खेलमैदानमा आयोजना भैरहेको फुटबल प्रतियोगिताको उद्घाटन खेल आशा स्मृति युवा क्लब साहुमारा र प्रसैया युवा क्लब बिच भएकोमा निर्धारित समयसम्म दुबै टिमले गोल गर्न नसक्दा म्याचको परिणाम पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टी सुट आउटबाट आएको परिणाममा आशा स्मृति युवा क्लब साहुमाराले ५ गोल गरेको थियो भने प्रसैया युवा क्लबले ४ गोल गर्दा साहुमारा क्लब विजयी भएको आयोजक क्लबका अध्यक्ष राइले जानकारी दिनुभएको छ। उक्त खेलमा आशा स्मृति युवा क्लबका खेलाडी सुमित मगर म्यान अफ द म्याच घोषित भएका थिए। खेलको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि.का सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डे,ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ स.इ. प्रेम बिष्ट लगायतको उपस्थिति रहेको थियो।
वडा न.७ कि वडा सदस्य शोभा क्षेत्रीको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई विष्णुप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

