अारपि उपाध्याय / नवलपरासी , २१ जेठ
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति नवलपुरको आयोजना हालै सम्पन्न ने.शि. संघको केन्द्रिय महाधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष ईन्द्र राज भट्टराईको अध्यक्षतामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा नवनिर्वाचित नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोम प्रसाद गिरीले देश भरी नै निराशा फैलिएको शिक्षा क्षेत्रमा अब मुस्कान सहितको कार्यक्रम का साथ अगाडि बढ्नु पर्ने कुरा बताउनु भयो ।
अध्यक्ष गिरीले शिक्षक संघले प्रस्तुत गरेको माग उपर राज्यले सम्बोधन नगरे थप कार्यक्रमका साथ आन्दोलन गरिने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीले राष्ट्रले दिएको जिम्मेवारीलाई पुर्ण रुपमा पालना गर्दै अबको शिक्षा नतिजा मुखी हुनुपर्ने कुरामाथी जोड दिनुभयो । स्वागत तथा सम्मान कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस गण्डकी प्रदेश ,उपाध्यक्ष गोपाल बास्ताकोटी लगाएतले बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ नवलपुर जिल्ला कार्यसमितिका पदाधिकारी, नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश र जिल्ला स्तर का नेता र शुभेच्छुक हरुको उपस्थिति रहेको थियो ।
नेपाल शिक्षक संघ नवलपुरको उपाध्यक्ष राधा तिवारीको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई संघका जिल्ला सचिब जयनारायण सापकोटाले सन्चालन गर्नुभएको थियो । सो अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस नवलपुर बाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

