Rashtriya Dainik

सरावलमा राष्ट्रिय बाणिज्य बैंक लि. एक्स्टेन्सन काउन्टर उदघाटन

उमेश बि.क / नवलपरासी , २१ जेठ

राष्ट्रिय बाणिज्य बैँक परासी शाखाले सरावलमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

कर्मचारी सहित त्यस आसपासका स्थानीयहरुलाई लक्षित गरी काउन्टर स्थापना गरेको हो ।

राष्ट्रिय बाणिज्य बैँक परासीकाे निमित्त शाखा प्रबन्धक सुमित शाक्यकाे अध्यक्षतामा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले काउन्टरको उद्घाटन गर्नु भएको थियो ।

एक्स्टेन्सन काउन्टर शुभारम्भ गर्दै पालिका अध्यक्ष चाैधरीले सेवाग्रहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैकको सेवालाई प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो । यश शाखाबाट सामाजिक सुरक्षा भत्ताकाे पनि काराेबार गरिदिन अनुरोध सहित ब्रान्चबाट सरल सहज सेवा प्रवाह हाेस भनी शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेल , वडा नम्बर ३ फिरंगी चाैधरी लगाएतले एक्स्टेन्सन काउन्टर उदघाट भएकोमा खुशी ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

बाणिज्य बैकमा कारोबार गर्न सदरमुकाम नै धाउनु पर्ने गुनासो स्थानीय गरेपछि एक्स्टेन्सन काउन्टरबाट सेवा सुरु गरिएको हो । यो काउन्टरबाट नगद जम्मा, राजस्व र सरकारी काराेबार , जनरल काराेबार , ५० हजारसम्म नगद काराेबार लगायतका सेवा उपलव्ध हुनेछ ।

सहायक कुमुद थापाकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सहायक महम्मद यहिया खाँले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित