नवलपरासी ,२१ जेठ
पश्चिम नवलपरासीमा मोबाइलको डाटाकेबलले घाँटी कसेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ ।
रामग्राम नगरपालिका वडा नं १४ का २९ वर्षका अब्दुल नसिम खाँको श्रीमती हशिवुन निसाले आफ्ना साथीको सहयोगमा हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ ।
ज्येष्ठ १८ गते राति २ वजे श्रीमती हशिवुन निसाले श्रीमान नसिम खाँ सुतिरहेको बेला आफ्ना भारतीय साथीको सहयोगमा हत्या गरेको प्रहरीको भनाई छ ।
श्रीमानको हत्या पछि दुवैजना मिलेर घर देखि अन्दाजी १०० मिटर पश्चिम चन्दर थारुको खेलमा लगेर लाश पुरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
श्रीमान र श्रीमती बीच पटक पटक झै–झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँ ले दैनिक रुपमा कुटपिट गर्ने तथा २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्वार घरेलु हिंसा समेत गर्ने गरेकाले हत्या गर्न बाध्य भएको श्रीमतीले प्रहरी बयानमा भनेकि छन् ।
श्रीमानको हत्या गर्ने हशिवुन निसालाई पक्राउ गरिएको र हत्यामा संग्लन रहेका उनका भारतीय साथीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

